नागार्जुनका कांग्रेस पूर्वसभापतिको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं, १९ भदौ । कोरोना संक्रमणले नेपाली कांग्रेस काठमाडौं नागार्जुन नगरपालिका–५ का पूर्वसभापति चन्द्रबहादुर पुतुवार (लालु)को शुक्रबार बिहान मृत्यु भएको छ।
नेपाली कांग्रेसका नेता धर्मराज गौतमका अनुसार ४५ वर्षीय पुतुवारको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
पुतुवारको मिर्गौलामा समस्या तथा निमोनिया रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ। उनी गत साउन ३२ गते अस्पतालमा भर्ना भएका थिए।