मनमोहन अस्पतालमा कुटपिट गर्नेलाई कारबाहीको माग

काठमाडौं, १९ भदौ । नेपाल चिकित्सक संघ (एनएमए)ले मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालमा भएको आक्रमणप्रति भत्र्सना गर्दै दोषीलाई कारबाही गर्न माग गरेको छ ।
महासचिव डा.बद्री रिजालले विज्ञप्ती निकालेर गुणगर्दी शैलीमा कानुनी राज्यको उपहास गरि स्वास्थ्य सेवा प्रभावमा पार्ने काम क्षम्य नभएको भन्दै दोषीलाई कडा कारबाहीको माग गरेकाहुन् ।
मनमोहन अस्पतालमा गएराती ९ बजेतिर आकस्मिक कक्षमा झडप भएको थियो । अज्ञात समुहले चिकित्सक, नर्सिङ, प्यारामेडिक्स तथा सरक्षा गाडहरुलाई समेत हातपात गरि ईसिजी मेशिन, ड्रेसिङ ड्रम, बस्ने दल, टिचल फोसेब, एम्ब व्याग र अन्य मेडिकल उपकरणहरु तोडफोड गरेका थिए । अस्पतालले १५ लाख बराबरको क्षति भएको जनाएको छ ।