भरतपुर अस्पतालका मेसु डा.श्रीराम तिवारी कोरोनामुक्त भएर नियमित काममा फर्किए

चितवन, १९ भदाै । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा.श्रीराम तिवारी २० दिनपछि कोरोनामुक्त भएर नियमित काममा फर्किएका छन् ।
शुक्रवार प्राप्त काेराेना नतिजा अनुसार उनी कोरोनामुक्त भएका भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । उनले संक्रमित भएकाे समयमा समेत आइसाेलेसनबाट नै अस्पताल व्यवस्थापनका कामहरू सञ्चालन गर्दै आएका थिए ।
यसैबिच भरतपुर अस्पतालका स्त्री तथा प्रसूति राेग विभागका विभागीय प्रमुख प्रा.डा. सुनिलमणि पाेखरेल समेत शुक्रवार नै काेराेना संक्रमणमुक्त भएका छन् ।
डा. तिवारी र प्रा.डा. पाेखरेल दुवै जनाकाे साउन ३२ गते काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।
Last modified on 2020-09-04 20:29:03
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।