बुटवलमा कपिलबस्तुकी कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया सफल

रुपन्देही, १९ भदौ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कपिलबस्तुकी कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया सफल भएको छ ।
कपिलबस्तु नगरपालिका वडा नं २ कि ३० वर्षीया महिलाले शल्यक्रियाबाट बच्चा जन्माएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले बताए ।
शल्यक्रियापछि आमाको र बच्चा को अबस्था समान्य रहेको छ । आमा र बच्चाको पिसीआर नेगेटीभ आएपछि डिसर्चाज गर्ने डा सुचना अधिकारी डा गौतमले बताए।
लुम्बिनी प्रादेशिक अस्पतालका सर्जन डा विष्णु गौतमको नेतृत्वमा शल्यकृया भएको थियो ।
यसअघि अर्घाखाची मालारानीकी २२ बर्षिय महिला सिद्धार्थनगरकी २२ वर्षिय महिलाको शल्यक्रिया गरी बच्चा जन्माइएको थियो। यो संगै लुम्बिनी प्रादेशिक अस्पतालमा ३ जनाको गर्भवती महिलाको शल्यक्रिया सफल भएको छ ।
Last modified on 2020-09-04 17:39:47