काठमाडौं उपत्यकामा ४५४ जना कोरोना संक्रमित थपिए



Download our app to get more features

काठमाडौं,१९ भदौ ।  काठमाडौं उपत्यकामा ४ सय ५४ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ७ हजार ४ सय ९२ पुगेको छ।

बिहीबार काठमाडौंमा ३ सय ८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्। 

पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ३ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा  कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४४ हजार २ सय ३६ पुगेको छ। 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts