कोरोना संक्रमितको मृत्युदर बढ्दै, थप १४ जना संक्रमितको मृत्यु

काठमाडौं,१९ भदौ । पछिल्लो २४ घण्टामा देशभर थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार ४ महिला र १० पुरुषको मृत्यु भएको हो ।
काठमाडौंका ८२, ६८ र २२ वर्षकी तथा चितवनकी ३५ वर्षकी महिलाको मृत्यु भएको छ ।
साथै सप्तरीका ५५ वर्षका २ पुरुष, धनुषाका ६५ वर्ष, कास्कीका ३१ वर्ष, नवलपरासीका ३७, प्यूठानका ५८ वर्ष, रुपन्देहीका ७८ ,पाल्पाका ६३ वर्ष र सुर्खेतका ४५ वर्षका पुरुषको मृत्यु भएको छ ।
यो सँगै हालसम्म नेपालमा २ सय ७१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
Last modified on 2020-09-04 16:43:18