नेपालमा कोरोना संक्रमितको संख्या ४४ हजार नाघ्यो,एकै दिन १३५९ थपिए



Download our app to get more features

काठमाडौं,१९ भदौ ।  पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ५९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएकोे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले थप  देशभर १ हजार ३ सय ५९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिए । 
 यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ४४ हजार २३६ जना पुगेको छ। 

देशभर ७ हजार ४ सय ६२ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घन्टामा थप १ हजार ३ सय ५४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म  २५ हजार ५ सय ६१ उपचारपछि निको भएका छन्।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts