चितवनमा प्लाज्मा थेरापी गरिएकी कोरोना संक्रमित महिलाको मृत्यु

चितवन, १९ भदौ । चितवनमा मकवानपुर हेटौंडाकी एक कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
चितवन मेडिकल कलेज भरतपुरमा उपचारत हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ कि ५२ वर्षीया महिलाको मृत्यु भएको हो ।
निमोनिया भएर भदौ १० गते अस्पताल भर्ना भएकी उनमा ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
अस्पतालको आईसीयूमा उपचारको क्रममा उनको शुक्रबार दिउँसो मृत्यु भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले जानकारी दिए ।
मृतक महिलाको अवस्था गम्भीर भएपछि बिहीबार राति डा.शितल अधिकारी र डा.दयाराम लम्सालको टिमले प्लाज्मा थेरापी बिधिबाट उपचार सुरु गरेको थियो ।
याेसँगै अहिलेसम्म चितवनमा २१ जना संक्रमितकाे मृत्यु भईसकेकाे छ । त्याे मध्ये जिल्ला भित्रका काेराेना संक्रमितकाे मृत्यु हुनेकाेसंख्या ११ पुग्याे । यहाँ उपचारकाे क्रममा विभिन्न अस्पतालमा गरी जिल्ला बाहिरका १० जनाकाे मृत्यु भईसकेकाे छ ।