गोरखामा ३ वर्षीया बालिकासहित एकै टोलका १४ जनालाई कोरोना

गोरखा, १९ भदौ । गोरखा नगरपालिका वडा नम्बर १३ मा शुक्रबार एकै टोलका १४ जनालाई कारोना संक्रमण पुष्टि भएको छ। दुईवटा परिवारका चार चार जना सदस्यसहित नौ जना महिला र पाँच जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको गोरखा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख इश्वर रेग्मीले बताए।
गोरखा नगरपालिका वडा नम्बर १३ का ३८ वर्षीय पुरुषको भदौ १२ गते कोरोनाका कारण भरतपुर अस्पतालमा मृत्यु भएपछि उनको आफन्त र नजिक सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरिएको थियो।
त्यसयता १३नम्बर वडामा मृतक र उनको परिवारसहित कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३१ पुगेको वडा अध्यक्ष हरि खनाले बताए। शुक्रबार थपिएका बाहेक अन्य सबै क्वारेन्टिनमा रहेका छन्।
Last modified on 2020-09-04 15:27:51