डडेल्धुरामा पहिलोपटक भागेश्वरले आफै आइसोलेसन वार्ड बनाउँदै



Download our app to get more features

 डडेल्धुरा, १९ भदौ। डडेल्धुराको भागेश्वर गाउँपालिकाले आफ्नै लगानीमा आइसोलेसन वार्ड निर्माण गर्दैछ।

जिल्लामै पहिलोपटक गाउँपालिकाले २० वार्डको आइसोलेसन वार्ड निर्माण गर्न लागेको हो। २० लाखको लागतमा निर्माण हुन लागेको उक्त वार्डको कार्य यसै महिनाभित्र सम्पन्न हुने गाउँपालिका अध्यक्ष कौशिला भट्टले बताइन। स्थानीयको जनश्रमदानमा बनाइन लागेको उक्त आइसोलेसन वार्डमा महिला र पुरुषका लागि छुट्टाछुट्टै कोठा बनाइने उनले बताइन।

एक स्थानीय तह एक आइसोलेसन वार्ड निर्माण गर्नुपर्ने नेपाल सरकारको प्रावधान अनुसार जिल्लामा पहिलोपटक निर्माण हुन लागेको उक्त वार्डले स्थानीयलाई सहज हुने विश्वास लिइएको छ। अहिले गाउँगाउँमा भारतबाट आएकाहरु भित्रिएका छन्। उनीहरुमा कोरोना संक्रमण भेटिएमा गाउँपालिकामै राख्नका लागि आइसोलेसन वार्ड बनाइएको अध्यक्ष कौशिला भट्टले बताइन।

उक्त वार्डलाई बिरामी नभएका समयमा क्वारेन्टिन प्रायोजनका लागि समेत प्रयोग गरिने गाउँपालिका अध्यक्ष भट्टले बताइन।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts