गौतम बुद्ध सामुदायिक अस्पतालमा उपचाररत ६४ वर्षिया महिलाको मृत्यु



Download our app to get more features

रुपन्देही, १९ भदौ । बुटबलको गौतम बुद्ध सामुदायिक अस्पतालमा उपचाररत एक महिलाको मृत्यु भएको छ ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं ७ निवासी ६४ वर्षिया महिलाको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा मृत्यु भएको हो । उच्च रक्तचाप, सुगर, मृगौला रोग र निमोनिया देखिएपछि उपचारको लागि अस्पतालमा भर्ना भएकी उनमा कोरोना संक्रमण देखिएको थियो ।

अस्पतालको आई.सि.यु.कक्षमा रहेको भेन्टिलेटरमा राखि उपचार भइरहेको उनको आज मृत्यु भएको अस्पतालले जनाएको छ ।
  यो सँगै रुपन्देहीमा शुक्रबार ज्यान गुमाउने संक्रमितको संख्या ३ पुगेको छ ।

Last modified on 2020-09-04 14:39:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts