रुपन्देहीमा होम आइसोलेसनमा रहेका १ जना संक्रमितको मृत्यु

रुपन्देही, १९ भदौ । रुपन्देहीमा होम आइसोलेसनमा रहेका १ जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका वार्ड नम्बर ८ का ४५ वर्षिय पुरुषको मृत्यु भएको हो । मृगौलाले काम नगरेपछि चितवनमा डाईलासीस गरेर फर्केका उनको बिहान ८ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीका फोकलपर्शन केदारनाथ साहले बताए ।
शुक्रबार मात्र रुपन्देहीमा २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । आज बिहान बुटवल ८ का ७८ बर्षिय पुरुषको कोरोना बिशेष अस्पतालमा मृत्यु भएको थियो । यो सँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।