लुम्बिनी प्रादेशिक अस्पताल थप एकजना कोरोना संक्रमितको मृत्यु

रुपन्देही, १९ भदौ । बुटवलको कोरोना विशेष अस्पतालमा थप एक जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ८ का ७८ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।
भदौ ४ गते अस्पताल भर्ना भएका ती ७८ वर्षीय पुरुषको ९ दिनदेखि भेन्टिलेटरको सहायतामा आइसियूमा उपचार भइरहेकामा आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । उनलाई डाईभेटिज तथा उच्च रक्क्तचापको समस्या थियो ।
Last modified on 2020-09-04 10:11:42