पोखरामा थप एकजना कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

पोखरा, १८ भदौ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक संक्रमितको मृत्यु भएको छ । 

प्रतिष्ठानका अनुसार पोखरा महानगरपालिका ६ का ३७ वर्षीय पुरुषको साँझ ५:५० बजे उपचारका क्रममा मृत्यु भएको हो। 

संक्रमित पुरुषलाई प्रतिष्ठानको कोभिड उपचार केन्द्रको आइसियुमा राखेर उपचार प्रक्रिया अगाडि बढाइएको थियो। उनलाई पश्चिमाञ्चल संक्रामक तथा सरुवा रोग अस्पतालबाट कोभिड उपचार केन्द्रमा रेफर गरिएको थियो।

Last modified on 2020-09-03 20:54:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts