केन्द्रीय प्रयोगशाला टेकुले भन्योः प्राविधिक त्रुटिका कारण पिसिआर परीक्षणको नतिजा बाहिरियो

काठमाडौं, १८ भदौ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले प्राविधिक त्रुटिका कारण पिसिआर परीक्षणको नतिजा सम्बन्धीत निकायमा गएको स्विारेको छ ।
प्रयोगशालाले गलत पिसिआर नजिता दिन थालेको भन्दै सञ्चार माध्यमहरुमा समाचार सम्प्रेषण भएपछि केन्द्रीय प्रयोगशाला टेकुले भुलबस प्राविधिक त्रुटि हुँदा पिसिआर परीक्षण सम्बन्धी नजिता बाहिरिएको बताएको हो ।
प्रयोगशालाले एकै पटक धेरै संख्यामा पिसिआर परीक्षणको नजिता पठाउँदा पहिलाको नतिजा पनि त्यसमै समावेश भएर गएको हुनाले त्यसलाई तत्काल सच्याइएको र सच्याइएको नतिजा तुरुन्त पठाएको पनि जनाएका छ ।
प्रयोगशालाकी निर्देशक डा रुना झाले पिसिआर परीक्षण पश्चात नतिजा जान्नका लागि स्वाब दिने व्यक्तिलाई युजर नेम र पासवर्ड दिने गरिएको भन्दै पछिल्लो समय केही प्राविधिक त्रुटिका कारण पिसिआर नेगेटिभ भएको रिपोर्टको नतिजा सम्बन्धीत निकाय र व्यक्तिलाई गएको हुनाले त्यसलाई सच्याइएको बताइन् ।
उनले भनिन्, ‘पिसिआर परीक्षणको क्रममा व्यक्तिको नतिजाबारे गोपनियता कायम गर्नुपर्ने भएकाले मोबाइलमै एसएमस सेवा सुरु गरिएको हो । तर, कतिपय अवस्थामा मोबाइलमा एसएमएस नजाँदा व्यक्तिलाई तनाव हुने भएकाले वेबसाइट र सम्बन्धीत क्षेत्रका कोभिड फोकल पर्सनको मोबाइलमा जानकारी दिने गरिएको छ । प्रयोगशालाले गलत रिपोर्ट भने हालसम्म कसैलाई दिइएको छैन ।’
भदौ १६ गते पिसिआर परीक्षणको क्रममा रहेका केही नमूनाहरुको समेत एसएमएस नेगेटिभ भनी गएको र प्रयोगशालाले केही घन्टामै त्यसको जानकारी पाएपछि नतिजाबारे सम्बन्धीत व्यक्ति र फोकल पर्सनलाई सम्पर्क गरी त्रुटी भएको जानकारी गराएको र सच्याइएको नतिजा पठाइएको डा झाले उल्लेख गरिन् ।
उनले भनिन्, ‘प्रयोगशालाले आफ्नो त्रुटी लुकाउनुभन्दा पनि स्विकार गर्दै व्यक्तिलाई समयमै जानकारी गराइएको हो । कहिलेकाहीँ ठूलो संख्यामा एकैपटक एसएमएस पठाउँदा केही प्राविधिक त्रुटी हुन जान्छ र प्रयोगशालाले त्यसलाई स्विकार्दै आगामी दिनमा यस्ता गल्तीलाई सुधार्ने छ ।’
मोबाइलमा एसएमएसका साथै प्रयोगशालाको वेबसाइटमा पनि आफ्नो पिसिआर नतिजा हेर्न सकिने भन्दै उनले हालसम्म प्रयोगशालामा एक लाख ४७ हजारभन्दा बढी पिसिआर परीक्षण भइसकेको छ ।