भरतपुर अस्पतालमा उपचाररत थप एक जना काेराेना संक्रमित महिलाकाे मृत्यु

चितवन, १८ भदाै । भरतपुर अस्पतालमा उपचाररत थप एक जना काेराेना संक्रमित महिलाकाे मृत्यु भएकाे छ ।
चितवनकाे राप्ती नगरपालिका-९ की ३५ वर्षीया महिलाकाे उपचारकाे क्रममा बिहीवार साँझ ५ बजेर १० मिनेटमा निधन भएको भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । खाेकी र श्वासप्रश्वासमा समस्या देखिएपछि भदौं १४ गते अस्पताल भर्ना भएकी उनकाे भदाै १७ गते काेराेना संक्रमण पुष्टि भएकाे थियाे । मिर्गौलाको रोगी उनकाे तीन महिना देखि डायलाइसिस चलिरहेकाे थियाे ।
यसअघि भरतपुर १० स्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारकाे क्रममा पूर्वी नवलपरासी गैंडाकोट नगरपालिका–२ का ३७ वर्षीय पुरुष र भरतपुर महानगरपालिका–११ की ४० वर्षीया महिलाको बिहीवार नै मृत्यु भईसकेकाे छ ।
याेसँगै अहिलेसम्म चितवनमा २० जना संक्रमितकाे मृत्यु भईसकेकाे छ । त्याे मध्ये जिल्ला भित्रका काेराेना संक्रमितकाे मृत्यु हुनेकाे संख्या ११ पुग्याे । यहाँ उपचारकाे क्रममा विभिन्न अस्पतालमा गरी जिल्ला बाहिरका ९ जनाकाे मृत्यु भईसकेकाे छ
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।