नेपालमा ४ महिला र २ पुरुष गरि ६ जना कोरोना संक्रमितको मृत्यु, संख्या २ सय ५७ पुग्यो

काठमाडौं, १८ भदौ । नेपालमा थप ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा ४ जना महिला र २ जना पुरुष गरि थप ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको बताएको हो ।
मृत्यु हुनेमा चिवतनकी ४० वर्षीया, भक्तपुरकी ४० वर्षीया, तनहुँकी ९२ वर्षीया र रुपन्देहीकी ७७ वर्षीया महिला रहेकी छन् भने सिन्धुपाल्चोकका ७७ वर्षीय अनि रुपन्देहीका ६५ वर्षीय पुुरुष रहेका छन् ।
योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या २ सय ५७ पुगेको छ । योसंख्या शून्य दशमलव ६ प्रतिशत रहेको बताइएको छ ।