चितवन मेडिकल कलेजमा फेरि एक जना काेराेना संक्रमितकाे मृत्यु



Download our app to get more features

चितवन, १८ भदाै । भरतपुर १० स्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत थप एक जना काेराेना संक्रमित पुरूषकाे मृत्यु भएकाे छ ।

पूर्वी नवलपरासीकाे गैंडाकोट नगरपालिका–२ का ३७ वर्षीय पुरुषको बिहीवार दिउँसो २:२० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । भदौं ९ गते अस्पताल भर्ना भएका उनकाे भदाै १० गते काेराेना संक्रमण पुष्टि भएकाे थियाे । मिर्गौलाको रोगबाट समेत ग्रसित ती मृतक पुरूषकाे आइसोलेशन वार्डमा उपचारकाे क्रममा मृत्यु भएकाे अस्पतालले जनाएकाे छ ।

यसअघि आजै चितवनकाे भरतपुर महानगरपालिका–११ की ४० वर्षीया महिलाको गएराति १२:२३ बजे साेहि अस्पतालमा मृत्यु भएको थियाे । ती महिलालाई भेन्टिलेटरको सहायताले सघन उपचार कक्ष (आइसीयू) मा राखेर उपचार गरिएकाे थियाे ।

झाडापखाला भएर भदौं ५ गते अस्पताल भर्ना भएका उनकाे भदाै १० गते काेराेना संक्रमण पुष्टि भएकाे थियाे । निर्देशक डा. दयाराम लम्सालका अनुसार ती महिलामा झाडापखाला, शरीरमा सोडियमको मात्रा कम हुनुका साथै शरीरमा पानीकाे मात्रा समेत एकदम कम देखिएकाे थियाे ।

याेसँगै अहिलेसम्म चितवनमा १९ जना संक्रमितकाे मृत्यु भईसकेकाे छ । त्याे मध्ये जिल्ला भित्रका काेराेना संक्रमितकाे मृत्यु हुनेकाे संख्या १० पुग्याे । यहाँ उपचारकाे क्रममा विभिन्न अस्पतालमा गरी जिल्ला बाहिरका ९ जनाकाे मृत्‍यु भईसकेकाे छ ।

Last modified on 2020-09-03 16:54:26

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts