प्रदेश ५ को ४ कोरोना अस्पतालमा जनशक्ति व्यवस्थापनका लागि बजेट स्वीकृत



Download our app to get more features

रुपन्देही, १८ भदौ । प्रदेश ५ सरकारले ४ वटा अस्पतालमा जनशक्ति व्यवस्थापनमा लागि बजेट स्वीकृत गरकोे छ । 

लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, भिम अस्पताल भैरहवा, दाङको बेलझुन्डी कोरोना अस्पताल र नेपालगञ्जको भेरी अस्पताल गरि प्रदेशका चार वटा कोरोना अस्पतालमा ५ सय ८३ जना जनशक्तिका लागि झन्डै ३ करोड ९६ लाख बजेट स्वीकृत गरेको हो । 

कारोना महामारी रोकथाम तथा नियन्त्रणका लागि ३ महिनाकासम्म स्वास्थ्यकर्मीको तलब र भत्ताका लागि उक्त बजेट स्वीकृत गरिएको हो ।

मन्त्रीपरिषदको बिहीवार बसेको बैठकले लुम्बिनी प्रादेशिक अस्पताल मातहत बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा १ सय ८९ जना जनशक्ति थप गर्ने निर्णय समेत गरेको छ । यस्तै अस्पतालमा आईसीयू बेड १८, एचडी ९, मिनी आईसीयू बेड २०, आइसोलेन बेड ३६ गरी ७४ बेड रहने गरि विस्तार गर्ने निणय पनि भएको छ ।

रुपन्देहीकै भीम अस्पतालमा ७१ जना, दाङको बेलझुण्डीस्थित आयुर्वेद अध्ययन संस्थानमा सञ्चालित कोरोना अस्पतालमा १ सय ७१ जनशक्ति स्वीकृत गरिएको छ । भीम अस्पतालमा आईसीयू ५, एचडी बेड १३, आइसोलेसन ९ गरी २७ बेड र बेलझुण्डीमा आईसीयू १०, एचडी बेड १७ र आइसोलेसन बेड ५८ गरी ८५ बेड रहने गरि व्यवस्था गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधारमन्त्री वैजनाथ चौधरीले बताए ।

उनले भेरी अस्पताल बाँकेमा १ सय ५२ जना जनशक्ति राख्ने निर्णय गरेको समेत बताए । भेरी अस्पतालमा आईसीयू १०, एचडी बेड ३० र आइसोलेसन बेड २० गरी ६० बेड रहने छ ।

मन्त्रिपरिषदले स्वीकृत गरेको तीन करोड ९६ लाख ३२ हजार रुपैयाँ बजेटमध्ये लुम्बिनी प्रादेशिक अस्पतालका लागि एक करोड ७५ लाख ११ हजार ९ सय, भीम अस्पताल भैरहवाका लागि ६४ लाख ४७ हजार ९ सय, केन्द्रीय आयुर्वेद बेलझुण्डीका लागि एक करोड ५६ लाख ७२ हजार ३ सय र भेरी अस्पताल बाँकेका लागि एक करोड ४० लाख ७२ हजार ६ सय रुपैयाँ निकासा गरिएको प्रवक्ता चौधरीले बताए ।

बैठकले स्वास्थ्य सेवाका ७२ इन्जिनियरिङका ५३ कर्मचारी माग गरिने पनि निर्णय भएको छ । यस्तै स्वास्थ्य सेवातर्फ मेडिकल अधिकृत आठौं ४९, नर्सिङ अधिकृत सातौं ११, फिजिओथेरापिस्ट सातौं ५ र मेडिकल ल्याब टेक्नोलोजिष्ट ७ जना गरी ७२ जनाको दरबन्दी स्वीकृत भएको छ ।

Last modified on 2020-09-03 15:38:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts