प्लाज्मा दानका लागि उपत्यकामा साझा विशेष अभियान सुरु



Download our app to get more features

काठमाडौं, १८ भदौ । प्लाज्मा थेरापीका लागि उपत्यका साझा अभियान सुरु भएको छ ।

कोरोना संक्रमण पछि निको भएकाहरुको प्लाज्मा नयाँ संक्रमितको लागि अभाव नहोस भनेर प्लाज्मा तथा रगत संकलन गर्न विषेश अभियान थालिएको हो ।

प्लाज्मा दान गर्न चाहने र लिन चाहनेले अभियानमा सम्पर्क गरे सकेसम्म मिलाउने गरि अभियान सञ्चालन गरिएको उपत्यका विशेष अभियानका सह संयोजक प्रदीप थापाले हाम्रो डाक्टर न्यूजलाई बताए ।

नयाँ संक्रमितको लागि प्लाज्मा तथा रगतको अभाव भइरहेको बेला कसरी सहज बनाउन सकिन्छ भनेर तीन जनाको समूहले अभियान सञ्चालन गरेको पनि उनले बताए ।

प्लाज्मा थेरापीको माध्यमबाट कोरोना संक्रमितको उपचार सफल हुँदै गएपछि प्लाज्मा अभाव नहोस भनेर यो अभियान सुरु गरेको उनले जानकारी दिए ।

'अहिले दैनिक १२, १३ जनाको प्लाज्मा माग भईरहेको छ, तर हामीसँग निको हुनेको डाटा नहँुदा समस्या भएको छ’ उनले भने ।

थप सहजताको लागि एनएचआरसी र ईडीसीडीसँग छलफल भइरहेको भन्दै उनले यस अभियानलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सकारात्मक रुपमा लिन अनुरोध गरे ।

Last modified on 2020-09-03 12:36:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts