रुपन्देहीकी ७७ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु



Download our app to get more features

रुपन्देही, १८ भदौ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

बुधबार साँझ श्वासप्रश्वासमा समस्या तथा उच्च ज्वरो आएर अस्पताल पुगेकी रुपन्देहीको सैनामैना ११, सालझुण्डीकी ७७ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो । 

कोरोनासंग मिल्दो लक्षण भएपछि बुधबार नै उनको पिसिआर परीक्षण गर्दा उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

कोरोना बिशेष अस्पतालमा बेड र भेन्टिलेटर दुवै खाली नभएपछि उनलाई प्रादेशिक अस्पतालकै आईसालेसनमा राखी उपचार हुँदै आएको थियो । 

उपचारकै क्रममा बिहीबार बिहान साढे ४ बजे उनको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताए ।

अक्सिजनको सहायतामा उपचार गरिएको उनलाई गत ३ दिनदेखि खोकी लाग्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

योसँगै रुपन्देहीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts