चितवन मेडिकल कलेजमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

चितवन, १८ भदौ । भरतपुर १० स्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

चितवन जिल्लाको भरतपुर महानगरपालिका–११ की ४० वर्षीया महिलाको राति १२:२३ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले हाम्रो डक्टर न्यूजलाई बताए । 

ती महिलालाई भेन्टिलेटरको सहायताले सघन उपचार कक्ष (आइसीयू) मा राखेर उपचार गरिएको थियो ।

झाडापखाला भएर भदौं ५ गते अस्पताल भर्ना भएका उनको भदौ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । निर्देशक डा. लम्सालका अनुसार ती महिलामा झाडापखाला, शरीरमा सोडियमको मात्रा कम हुनुका साथै शरीरमा पानीको मात्रा समेत एकदम कम देखिएको थियो ।

योसँगै अहिलेसम्म चितवनमा १८ जना संक्रमितको मृत्यु भईसकेको छ । जस मध्ये जिल्ला भित्रका कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १० पुग्यो । यहाँ उपचारको क्रममा विभिन्न अस्पतालमा गरी जिल्ला बाहिरका आठ जनाको मृत्‍यु भईसकेको छ ।

Last modified on 2020-09-03 08:31:03

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts