पाटन अस्पतालमा ५ दिनको फरकमा आमा छोराको मृत्यु



Download our app to get more features

काठमाडौं, १७ भदौ । भक्तपुरको थिमि नगरपालिका ७ का एकै परिवारका २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा भदौ १५ गते ६२ वर्षकी आमाको निधन भएको थियो ।  भदौ १६ गते मंगलवार राति ४० वर्षका छोराको पनि मृत्यु भएको थिमि नगरपालीका ७ नं वडाका वडा अध्यक्ष कृष्णकुमार प्रजापतिले जानकारी गराएकाछन् ।

५ दिनअघि आमाको मृत्यु भएको थियो। आमा मरेपछि चिन्ताले छोरा रुदा रुदै स्वास्थ्य धेरै कमजोर भयो,उनले भने। घरका अरु ६ जना सदस्यमा पनि कोरोना संक्रमण पोजेटिभ देखिएको र सबैलाई होम आइसोलेसनमै राखिएको प्रजापतिले बताए।

 संक्रमण भएपछि छोरालाई निमोनिया भएको थियो । स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि पाटन अस्पताल ल्याइएको भएर मुत्यु भएको अस्पतालका कार्यकारी निर्देशक रवि शाक्यले बताए ।

Last modified on 2020-09-02 21:46:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts