यी जिल्लामा छन् पाँच सयभन्दा बढी संक्रमित, जहाँ निषेधाज्ञा लगाउन भनियो



Download our app to get more features

काठमाडौं, १७ भदौ । नेपालमा पछिल्लो समय बढ्दो कोरोना संक्रमणको दरलाई ध्यानमा राखि सरकारले निषेधाज्ञा र लकडाउन गर्न आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ सयभन्दा बढी कोरोना संक्रमित भेटिएका जिल्लामा लकडाउन गर्न र पाँच सयभन्दा बढी संक्रमित भएका जिल्लामा निषेधाज्ञा लागू गर्न गरेको हो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २ सयभन्दा बढी कोरोना संक्रमित भेटिएका जिल्लामा लकडाउन गर्न र पाँच सयभन्दा बढी संक्रमित भेटिएका जिल्लामा निषेधाज्ञा लागू गरेको बताए ।

उनका अनुसार हाल ५ सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु १२ वटा छन् । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश बाहेक चार वटा प्रदेशका १२ जिल्लामा ५ सयभन्दा बढी संक्रमित रहेका छन् ।
सबैभन्दा धेरै प्रदेश नम्बर २ को धनुषा, पर्सा, बारा, महोत्तरी, रौतहट र सर्लाही गरि ६ जिल्लामा ५ सयभन्दा बढी संक्रमित छन् । त्यसपछि बागमती प्रदेशको काठमाडौं, ललितपुर र चितवनमा ५ सयभन्दा बढी संक्रमित रहेका छन् । यस्तै प्रदेश १ मोरङ र सुनसरी र  प्रदेश ५ को रुपन्देहीमा पाँच सयभन्दा बढी संक्रमित फेला परेका छन् ।

पाँच सयभन्दा बढी संक्रमित फेला परेका जिल्लाहरुमध्ये अधिकांशमा निषेधाज्ञा लागू गरिएको छ भने अन्य जिल्लामा पनि निषेधाज्ञा लागू गर्न मन्त्रालयले अपिल गरेको छ ।

Last modified on 2020-09-02 20:55:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts