काठमाडौं भित्रिन पिसिआर रिपोर्ट नेगेटिभ अनिवार्य

काठमाडौं, १७ भदौ । निषेधाज्ञा जारी गरिकएको अवधिमा अत्यावश्यक काम परी काठमाडौं उपत्यका प्रवेश गर्नुपरे अनिवार्य रूपमा पिसिआर रिपोर्ट पेस गर्नु पर्ने भएको छ।
काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले भदौ २४ गते राती १२ बजेसम्म निषेधाज्ञा कायम राख्दै यस्तो आदेश जारी गरेका हुन्।
यसअघिको निषेधाज्ञाका समयमा काठमाडौं उपत्यका प्रवेश गर्ने सम्बन्धमा कुनै पनि आदेश जारी भएको थिएन । तर यसपटकको बैठकले भने पिसिआर रिपोर्ट अनिवार्य गरेको हो।
उपत्यकामा भदौ ३ गते राती १२ बजेदेखि जारी गरिएको निषेधाज्ञा दोस्रो पटक थप गरिएको हो