काठमाडौं उपत्यकामा मात्रै ३८८ जना कोरोना संक्रमित थपिए



Download our app to get more features

काठमाडौं, १७ भदौ । काठमाडौं उपत्यकामा ३ सय ८८ जना कोरोना संक्रमित थपिएका छन्। बुधबार काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्। 

योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ९३ पुगेको छ। काठमाडौंमा ५ हजार २ सय ६५ ललितपुरका ७ सय ७२ र भक्तपुरमा ५ सय ५६ संक्रमित पुगेका छन्।

पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार १ सय २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। 
यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ। 

Last modified on 2020-09-02 19:59:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts