काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता लम्बियो

स्वास्थ्यले पनि भन्यो ५ सयभन्दा बढी संक्रमित भएमा निषेधाज्ञा गर्नु



Download our app to get more features

काठमाडौं, १७ भदौ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ ।

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले गृह मन्त्रालयसँगको छलफलपछि एक साता निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदमा रोक नलगाइने यद्यपि, बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्ने पहिलाकै निर्णय कायमै रहेको बताइन् ।

यसपटकको निषेधाज्ञामा पनि होटल, रेष्टुरेन्ट, फुटपाथ पसल बन्द हुनेछन् । बैंक लगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्नेलाई निरन्तरता दिइने पनि उनले जानकारी दिइन् ।

यसअघि भदौ १० मा दोस्रो पटक थपिएको निषेधाज्ञा बुधबार मध्यरातिबाट सकिँदैछ ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि २ सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरुमा लकडाउन गर्न र ५ सयभन्दा बढी संक्रमित भएका जिल्लाहरुमा निषेधाज्ञा जारी गर्न निर्देशन दिएको छ ।

Last modified on 2020-09-02 17:33:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts