करार र छात्रवृत्ति करारमा रहेका स्वास्थ्यकर्मीहरुको म्याद थपियो



Download our app to get more features

काठमाडौं, १७ भदौ । सरकारले करार र छात्रवृत्ति करारमा रहेका स्वास्थ्यकर्मीहरुको म्याद थप गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अनुमति लिएर करारमा रहेका स्वास्थ्यकर्मी र नेपाल सरकारको छात्रवृत्तिमा अध्ययन गरि छात्रवृत्ति करारमा कार्यरत स्वास्थ्यकर्मीहरुको सेवा अवधि २०७७ साल पुष मसान्तसम्म थप गरेको हो ।

मन्त्री स्तरीय निर्णयबाट सेवा अवधि सकिएकाहरुको म्याद पुष मसान्तसम्म थप गरिएको  मन्त्रालयका प्रसाशन शाखा प्रमुख रघुराम विष्टले बताए ।

उनले समायोजनमा परेका कर्मचारीहरुलाई तत्काललाई रवाना रोकी सम्बन्धीत निकायमै तलब भत्ता खानेगरि खटाउने निर्णय भएको बताए ।

कोरोना महामारी विरुद्धको लडाईंमा जनशक्ति अभाव हुने हुँदा जनशक्तिको व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयबाट स्विकृति प्राप्त भएका र समायोजनको क्रममा रिक्त रहेका स्थानमा कार्यविधि बनाई छोटो भर्ना प्रक्रियाबाट सम्बन्धीत निकायले लगायतको स्रोतबाट जनशक्ति राख्न सक्ने व्यवस्था पनि गर्न सकिने निर्णय भएको विष्टले जानकारी गराए ।

यस्तै सेवा पूरा भई बसेका पारामेडिक्स, नर्स, ल्याब टेक्निसियन लगायतको जनशक्तिलाई परिचालन गर्नका लागि खुला रुपमा आह्वान गरेको र इच्छुक व्यक्तिले भोलेन्टियर रुपमा आउन सक्ने निर्णय गरिएको छ । यस्तै मेडिकल कलेजका विद्यार्थी लगायतलाई पनि खटाउन सक्ने विषयमा प्रक्रिया पुर्याएर जनशक्ति व्यवस्थापन गर्न सकिने निर्णय पनि भएको विष्टले बताए । 

Last modified on 2020-09-02 17:01:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts