नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या शून्य दशमलव ६ प्रतिशत पुग्यो

काठमाडौं, १७ भदौ । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या शून्य दशमलव ६ प्रतिशत पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ सय ५१ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो समय नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुने दर बढेसँगै सबैलाई सचेत रहन र स्वास्थ्यका मापदण्ड पूरा गर्न आग्रह गरे ।
उनका अनुसार योसंख्या अझै बढ्न सक्ने भएकाले सरकारले तोकेका स्वास्थ्यका मापदण्ड पूरा गर्न दोहोर्याए ।
उनका अनुसार हाल नेपालभर १ सय ४४ जना आईसीयूमा उपचाररत रहेका छन् भने १८ जना कोरोना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् ।