नेपालमा एकैदिन ११ सय १२ जना कोरोना संक्रमणमुक्त, ११ सय २० संक्रमित थपिए

काठमाडौं, १७ भदौ । नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या २३ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी दिने क्रममा पछिल्लो २४ घन्टामा ११ सय १२ जना कोरोना संक्रमणपछि निको भएको बताए ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या २३ हजार २ सय ९० पुगेको बताए ।
यस्तै पछिल्लो २४ घन्टामा ११ सय २० जना नयाँ संक्रमित थपिएका छन् ।
प्रवक्ता डा गौतमले विभिन्न ४६ वटा प्रयोगशालामा गरिएको परीक्षणमा ३ सय २० जना महिला र ८ सय जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ ।
मन्त्रालयका अनुसार नेपालभर हाल १८ हजार १ सय ८ जना सक्रिय संक्रमित रहेका छन् भने १० हजार ४ सय ९३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ७ हजार ६ सय १५ जना होम आइसोलेसनमा रहेका छन् । यसैगरी १ सय ४४ जना आईसीयूमा उपचाररत रहेका छन् भने १८ जना कोरोना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् ।