चितवनमा कोरोना संक्रमितको उपचार प्लाज्मा थेरापीबाट गर्ने तयारी



Download our app to get more features

चितवन, १७ भदौ । चितवनमा कोरोना संक्रमितको उपचार प्लाज्मा थेरापी विधिबाट गर्ने तयारी हुँदैछ ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमितको उपचारमा प्लाज्मा थेरापी विधिबाट गरिने उपचार सफल भएको भन्दै चितवनमा पनि कोरोना संक्रमितको उपचार प्लाज्मा थेरापी विधिबाट गर्ने तयारी भएको हो ।

चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमितको उपचार प्लाज्मा थेरापी विधिबाट गर्ने तयारी भइरहेको बताइएको छ ।

अस्पतालले प्लाज्मा थेरापी विधिबाट गरिने उपचारका लागि कोरोना संक्रमणपछि निको भएकाहरुलाई प्लाज्मा दान गर्न पनि अपिल गरेको छ ।

अस्पतालका निमित्त मेडिकल सुप्रिटेन्डेन्ट डा जगन्नाथ तिवारीले पछिल्लो समय चितवनमा दिनहुँ जसो कोरोना संक्रमित बिरामीको मृत्यु हुन थालेको र गम्भीर प्रकारका बिरामी पनि बढ्न थालेकोले प्लाज्मा दान गर्नका लागि निको भएकाहरुलाई आग्रह गरिएको बताए ।

उनले भने, ‘कोरोना संक्रमणमुक्त भएकाहरुले १४ दिनपछि प्लाज्मा दान गर्न सक्ने भएकाले उनीहरुले प्लाज्मा दान गरेर अरुको ज्यान जोगाउन सक्छन् । नेपालमा यो उपचार विधि सफल संकेत भएकाले चितवनमा पनि सुरु गर्न लागिएको छ ।’

अहिलेसम्म चितवनमा १७ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । जसमध्ये चितवनका ९ जना रहेका छन् भने बाहिर जिल्लाका ८ जना रहेका छन् ।

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts