काठमाण्डौमा दुईजना कोरोना संक्रमितको मृत्यु

काठमाण्डौ,१७ भदौ । काठमाण्डौको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा २० वर्षीया महिलासहित दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। मिर्गौला रोगी महिलालाई अल्का अस्पतालमा उपचारत रहेकोमा मंगलवार शिक्षण अस्पताल ल्याइएको थियो।
उनलाई पहिला देखिको बाथले गर्दा किड्नी फेल भएर मृत्यु भएको हो ।
डायलासिस गराइरहेकी महिलाको मंगलवार साँझ मृत्यु भएको अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले बताएकाछन् ।
अस्पताल ल्याउँदा नै स्वास्थ्य अवस्था बिग्रिएकाले हिजो साँझ नै मृत्यु भएको हो दासले भने । मृतक महिला तनहुँकी हुन ।
त्यसैगरी, काठमाण्डौका७५ बर्षिय वृद्ध पुरुषको पनि मृत्यु भएको छ। मिर्गौला रोगीसमेत रहेका ती वृद्धको मंगलवार साँझ नै मृत्यु भएको अस्पतालका कोभिड व्यवस्थापन समितिका सदस्य डाक्टरले जानकारी दिए। उनी पहिला देखिनै पे्रसर र सुगरको बिरामी थिए । अहिले निमोनिया पनि देखिएको थियो ।
दुवै मृतकको शव शिक्षण अस्पतालमै रहेको र आजै व्यवस्थापन हुने अस्पतालले जनाएको छ। पछिल्लो समय नेपालमा कोभिड १९ संक्रमितको मृत्यु हुनेक्रम बढेको छ।