लुम्बिनी प्रादेशिक कोरोना अस्थायी अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

रुपन्देही, १७ भदौ । लुम्बिनी प्रादेशिक कोरोना अस्थायी अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर ११ की ६० वर्षीया महिलाको आज बिहान उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनमा ज्वरो, श्वासप्रश्वासमा समस्या, रक्तचाप लगायतको समस्या थियो ।

लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालको आईसीयूमा उपचाररत उनको आज बिहान सवा ९ बजे मृत्यु भएको हो ।

Last modified on 2020-09-02 12:50:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts