भीम अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित महिलाको मृत्यु

रुपन्देही, १७ भदौ । भैरहवाको भीम अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोरोना संक्रमण पुष्टि भएपछि भदौ १५ गते अस्पतालको आइसोलेसनमा भर्ना भएकी नवलपरासी रामग्राम नगरपालिका–५ की ६५ वर्षीया महिलाको मंगलबार राती ९ः४५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले जानकारी दिए ।
सूचना अधिकारी डा.पोखरेलका अनुसार मृतक महिलाको आईसीयूमा राखेर उपचार भइरहेको थियो । उनमा मधुमेह र उच्च रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ ।