प्लाज्मा थेरापीबाट गरिएको उपचारमा विज्ञहरुकै प्रश्न

काठमाण्डौ, १६ भदौ । कोरोना संक्रमणलाई जितेकाहरुको शरीरको प्लाज्मा संक्रमितलाई ‘क्लिनिकल ट्रायल’ नै नगरिकन दिन सुरु गरिएको भन्दै विशेषज्ञहरुले प्रश्न उठाएका छन् ।
स्वास्थ्य मन्त्रालयले देशभरका २२ अस्पतालमा प्लाज्मा थेरापीबाट उपचार गराउन सुरु गरेको छ ।
जसमा विशेषज्ञहरुले विनापरीक्षण नै प्लाज्मा थेरापीबाट उपचार गर्दा त्यसले बिरामीको शरीरमा गम्भीर असरसमेत पार्नसक्ने जनाएका हुन् ।
रक्तविशेषज्ञ डा. विशेष पौडेलले प्लाज्माबाट हुने उपचार कोभिड(१९ को लागि प्रमाणित भइनसकेको बताए ।
उनले ‘उपचारका लागि केही पाइएन, अब प्लाज्मा दिऊँ’ भनेर बिरामीको जीवनमाथि खेलबाड गर्ने काम नगर्नसमेत आग्रह गरेकाछन् ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)का खोप वैज्ञानिक डा. तीर्थराज घिमिरेले प्लाज्मा विधिबाट गरिने उपचार शतप्रतिशत सफल नहुने बताएकाछन् ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव ड. प्रदीप ज्ञवालीले भने प्लाज्मा थेरापीबाट क्लिनिकल परीक्षण भन्दापनि ‘अब्जरभेसन’ परीक्षणको रुपमा उपचार गरिएको बताए ।
अहिले नै उपचारको विधिको रुपमा सबै बिरामीलाई प्रयोग नगरिएको भन्दै उनले पहिलो चरणमा प्लाज्मा थेरापी गराइएका संक्रमित र नगराइएका संक्रमितको बीचमा तुलना गरी निष्कर्षमा पुग्नका लागि परीक्षण गरिएको बताए।
यता, नेपाल चिकित्सक संघले भने संक्रमणलाई जितेकाहरुलाई प्लाज्मा दान गर्न आग्रह गरेको छ ।