कलेजो प्रत्यारोपण सर्जन डा. साह भारतमा मृत भेटिए

काठमाण्डौ, १६ भदौ । भारतको मेधान्ता अस्पतालमा कार्यरत कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा. सुजितकुमार साह मृत अवस्थामा भेटिएका छन् । भारतको हरिणानामा बस्दै आएका साह गुरुग्रामा मृत भेटिएका हुन् ।
पोखराको मनिपालबाट एमबिबिएस गरेका साहले चण्डीगढबाट सर्जरीमा विशेषज्ञता हासिल गरेका थिए ।
सिराह स्थायी घर भएका उनले अल इन्डिया मेडिकल इन्टिच्युट एम्सबाट एमसिएच गरेका थिए ।
साहको श्रीमती र एक छोरी छन् ।
Last modified on 2020-09-01 20:16:19