काठमाण्डौ उपत्यकामा जोखिम बढ्दै, एकैदिन ४८१ जना संक्रमित 



Download our app to get more features

काठमाण्डौ,१६ भदौ । काठमाण्डौं उपत्यकामा ४ सय ८१ जना कोरोना संक्रमित थपिएका छन्।

मंगलबार काठमाडौंमा ३ सय ९३, ललितपुरमा ५८ र भक्तपुरमा ३०  संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। 

योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ६ हजार २ सय ५ पुगेको छ। काठमाडौंमा ५ हजार १५, ललितपुरका ७ सय ४३ र भक्तपुरमा ५ सय ४७ संक्रमित पुगेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा नेपालमा थप १०६९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।  देशभर ७ हजार २ सय ८० जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। 

Last modified on 2020-09-01 20:03:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts