नेपालमा थप ११ जनाको कोरोना संक्रमणका मृत्यु, संख्या २ सय ३९ पुग्यो

काठमाडौं, १६ भदौ । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ सय ३९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ११ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
मृत्यु हुनेमा ४ वर्षीया बालिका र १० जना पुरुष रहेका छन् ।
महोत्तरीका एक ४ वर्षीया बालिका, ३७ वर्षीय पुरुष, सिरहाका ६५ वर्षीय, पर्साका तीन जना ५३, ६० र ८० वर्षीय, बाराका ६० वर्षीय, चितवनका ५२ वर्षीय, काठमाडौंका दुई जना ७० र ३५ वर्षीय तथा मकमवानपुरका ५८ वर्षीय पुरुषको मृत्यु भएको छ ।
यो संख्या कुल संक्रमितको शून्य दशमलव ५९ प्रतिशत रहेको छ ।
Last modified on 2020-09-01 16:44:12