सुदूरपश्चिममा कार्यरत थप २१ जना नेपाली सेनामा देखियो कोरोना



Download our app to get more features

धनगढी, भदौ १६ । सुदूरपश्चिम कार्यरत थप २१ जना नेपाली सेनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । 

मंगरबार डोटी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा नेपाली सेनाका २१ जनासहित डोटीका २४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । 

ती सबै सेना राजपुरमा कार्यरत रहेको बताइएको छ । भने, अन्य संक्रमित दिपायल सिलगढी नगरपालिकाका –६ का दुई पुरुष र केआईसिंह गाउँपालिका एक पुरुष रहेको जनाइएको छ । 

यसअघि बैतडीमा कार्यरत एक नेपाली सेनाका जवानमा कोरोना भाइरसको संक्रमण भेटिएको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts