गण्डकी प्रदेशमा १४ दिनको शिशुलाई  कोरोना 



Download our app to get more features

गण्डकी प्रदेशमा मंगलबार १४ दिनको शिशु सहित थप ३९ जना कोरोना भाइरसका  संक्रमित थपिएका छन्।

लमजुङको बेसीशहरमा २६ नवलपुरको बिनयत्रिवेणी र देबचुलीमा १० जना, कास्कीको पोखरामा दुईजना र बागलुङमा एकजना गरी थप ३९ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै, लमजुङका एकजना १४ दिनका शिशु, एकजना जिल्ला अस्पतालका कर्मचारी रहेका छन् भने अन्य बैंकका कर्मचारी, प्रहरी र पत्रकार लगायत रहेका छन् । उनीहरु सबैकै पहिचान कन्ट्याक्ट ट्रेसिङबाट भएको हो ।

संक्रमण पुष्टि भएका एकजना नेपाल पर्यटन बोर्ड, पोखराका पदाधिकारी हुन् । उनको चरक मेमोरियल अस्पतालमा उपचार भइरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२०५ पुगेको छ ।

Last modified on 2020-09-01 12:30:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts