उपत्यकामा निषेधाज्ञा खुकुलो पारिँदै



Download our app to get more features

काठमाण्डौ, १६ भदौ । दुई सातादेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो बनाउन सरकारले उपत्यकाका जिल्ला प्रशासन कार्यालय प्रमुखहरुलाई निर्देशन दिएको छ।

लामो समयदेखि निषेधाज्ञा जारी भएकाले मानिसको दैनिकी कष्टकर बन्दै गएपछि केही खुकुलो बनाएर अघि बढ्न सरकारले निर्देशन दिइएको हो। काठमाडौं उपत्यकाभित्रका तीनवटै प्रमुख जिल्ला अधिकारीको बैठकले थप गरेको निषधाज्ञाको पछिल्लो समय भोलि (भदौ १७) गते राति १२ बजेबाट सकिँदैछ। 

अब थप गर्ने निषेधाज्ञामा निजी सवारी साधनलाई जोर बिजोर प्रणालीका आधारमा संचालन गर्दा हुनेभए संचालन गर्न समेत स्थानीय प्रशासनलाई निर्देशन दिइएको छ। 
तर, यसरी जोरबिजोर आधारमा सवारी चलाउने विषयमा भने तीन जिल्लाका प्रमुखबीच छलफल भइसकेको छैन।

केही अनौपचारिक छलफल भएका छन्। तर, निषेध गरिएका केकेलाई खोल्ने केकेलाई नखोल्ने भन्ने निर्णय भएको छैन। 'हामी भर्चुअल मिटिङ गरेर निर्णय सहित गृह मन्त्रालयलाई पठाउँछौं, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने, गृहको सल्लाह अनुसार नै अबको निषेधाज्ञा कस्तो हुने भन्ने मोडालिटी तय हुनेछ।"
अब थप गर्ने निषेधाज्ञामा निर्माण सामाग्री बोक्ने सवारी साधनहरुलाई समेत संचालन गर्न दिने अनौपचारिक छलफल भइसकेको छ। त्यस्तै, अत्यावश्यक सामाग्री खरीद गर्न दिइएको समयलाई पनि थप गर्ने तयारी भइरहेको छ।
 

Last modified on 2020-09-01 11:33:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts