पर्सामा कोरोना सङ्क्रमणबाट थप दुई जनाको मृत्यु



Download our app to get more features

पर्सा, १६ भदौ । वीरगञ्जमा कोरोना सङ्क्रमणबाट थप दुई जनाको ज्यान गएको छ ।
नारायणी अस्पतालमा उपचार गराइरहेका पहिचान नखुलेका एक जना र बाराको कोल्भी नगरपालिकाका एक जनाको ज्यान गएको अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले बताए ।

बेवारिसे अवस्थामा सडकमा भेटिएका अन्दाजी ६० वर्षका पुरुषलाई कोभिड एक्सन टिमका युवाहरुले शनिबार अस्पताल लगेका थिए । यस्तै अस्पतालमा छ दिनदेखि उपचार गराइरहेका बाराको कोल्भी नगरपालिकाका ६० वर्षीय पुरुषको बिहान ज्यान गएको छ । उनलाई मधुमेह र दमको समस्या रहेको अस्पतालले जनाएको छ ।

नारायणी अस्थायी कोभिड अस्पतालमा गएराति नै वीरगञ्ज महानगरपालिका वडा नम्बर २० का ५३ वर्षीय पुरुषको पनि ज्यान गएको थियो । 
 

Last modified on 2020-09-01 11:09:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts