पूर्व न्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु



Download our app to get more features

काठमाण्डौ, १५ भदौ । कोरोना संक्रमणबाट काठमाण्डौंमा  पूर्व न्यायाधीशको मृत्यु भएको छ। उनको लामो समयदेखि मुटुको समस्या थियो। पछिल्लो समय मुटुको उपचारका लागि गंगालाल अस्पतालमा भर्ना गरिएका माधवप्रसाद चालिसेको मृत्यु भएको हो।
उनको आज बिहान निधन भएको अस्पताल स्रोतले जनाएको छ ।   
काठमाडौं महानगरपालिका वडा नम्बर ३ का उनी २०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत पोखराका मुख्य न्यायाधीशबाट रिटायर्ड भएका थिए। 

पाँच दिन अघि शहिद गंगालाल अस्पतालमा भर्ना भएका चालिसेलाई उपचारकै क्रममा कोरोना भाइरस देखिएको हो।

उनको शवलाई अब नेपाली सेनाको टोलीले अन्त्येष्टि गर्ने छ।

Last modified on 2020-09-01 10:20:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts