चितवन मेडिकल कलेजमा उपचाररत थप एक जना काेराेना संक्रमित पुरूषकाे मृत्यु

चितवन, १६ भदाै । भरतपुर १० स्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत थप एक जना काेराेना संक्रमित पुरूषकाे मृत्यु भएकाे छ ।
मकवानपुर जिल्लाकाे हेटौंडा उपमहानगरपालिका–१५ का ५८ वर्षीय पुरुषको आज (मंगलबार) विहानकाे राती २: ५२ बजेको समयमा मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । ती पुरुषलाई भेन्टिलेटरको सहायताले सघन उपचार कक्ष (आइसीयू)मा राखेर उपचार गरिएकाे थियाे ।
भदौं १४ गते भर्ना भएका उनकाे भदाै १५ गते काेराेना संक्रमण पुष्टि भएकाे थियाे । निर्देशक डा. लम्सालका अनुसार ती पुरुषमा निमोनियासँगै श्वासप्रश्वासमा समेत गम्भीर समस्या देखिएकाे थियाे । उनलाई स्वास्थ्यमा धेरै समस्या देखिएपछि चितवन मेडिकल कलेजमा भर्ना गरिएकाे थियाे ।
उता साेमबार बिहान भरतपुर अस्पतालकाे सघन उपचार कक्ष (काेभिड आइसीयू)मा उपचाररत भरतपुर महानगरपालिका ६ का ७८ वर्षीय पुरूषकाे मृत्यु भएकाे थियाे । त्यस्तैगरि भरतपुर अस्पतालकाे आकस्मिक कक्षमा साेमबार शंकास्पद मृत्यु भएका तीनै जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । उनीहरूकाे मृत्यु पश्चात् संक्रमण पुष्टि भएकाे हाे । साेमबार चितवनमा दुई घण्टाकाे बिचमा ३ जना बिरामीकाे शंकास्पद मृत्यु भएकाे थियाे ।
चितवनमा भदाै १२ गते (शुक्रवार) देखि लगातारजसाे संक्रमितकाे मृत्यु भएकाे छ । शुक्रवार देखि मंगलबार बिहानसम्म यसबिचमा मात्र ११ जना संक्रमितकाे मृत्यु भएकाे छ ।
याेसँगै अहिलेसम्म चितवनमा १७ जना संक्रमितकाे ज्यान गएकाे छ । त्याे मध्ये जिल्ला भित्रका काेराेना संक्रमितकाे मृत्यु हुनेकाे संख्या ९ पुग्याे । याेसँगै यहाँ उपचारकाे क्रममा विभिन्न अस्पतालमा गरी जिल्ला बाहिरका आठ जनाकाे मृत्यु भईसकेकाे छ ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।