चितवनमा सोमबार शंकास्पद मृत्यु भएका तीनै जनामा कोरोना संक्रमण पुष्टि



Download our app to get more features

चितवन, १६ भदाै । भरतपुर अस्पतालकाे आकस्मिक कक्षमा साेमबार मृत्यु भएका तीनै जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

साेमबार चितवनमा दुई घण्टाकाे बिचमा ३ जना बिरामीकाे शंकास्पद मृत्यु भएकाे थियाे । मंगलबार प्राप्त नतिजा अनुसार उनीहरूमा काेराेना संक्रमण पुष्टि भएकाे भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पाैडेलले जानकारी दिए ।

भरतपुर अस्पतालकाे आकस्मिक कक्षमा उपचारकाे क्रममा ३ जना बिरामीकाे साेमबार दिउँसो मृत्यु भएकाे अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. जगन्नाथ तिवारीले हाम्रो डक्टर न्युजलाई जानकारी दिएका थिए । उनीहरूकाे हिजाे(साेमबार) दिउँसो १ बजेर ३० मिनेट देखि ३ बजेर ३० मिनेट बिचकाे समयमा त्यी तीन जनाकाे मृत्यु भएकाे थियाे । उनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका ११ की १८ वर्षीया युवती, भरतपुर महानगरपालिका ११ का ६५ वर्षीय पुरूष र पूर्वी चितवनकाे खैरहनी नगरपालिका १३ की ५५ वर्षीया महिला छिन् ।

उनीहरूकाे ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएकाे उनले जनाए । काेराेना भाइरसकाे संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएकाले उनीहरूकाे स्वाब परीक्षणका लागि भरतपुर काेभिड-१९ परीक्षण प्रयाेगशाला पठाइएको थियाे । एक जनाकाे मृत्यु नहँदै र दुई जनाकाे मृत्यु भईसकेपछि नमुना संकलन गरिएकाे थियाे ।

उनका अनुसार आइसीयूमा राखेर उपचार गर्नुपर्ने ती बिरामीलाई अन्य अस्पतालमा भर्ना नलिगेपछि त्यहाँ आएका थिए । एक जनाकाे अस्पताल ल्याएकाे केही बेरमै मृत्यु भएकाे थियाे भने अन्य दुई जनाकाे उपचारकै क्रममा केही घण्टामै मृत्यु भएकाे हाे । उपचार नपाएर बिरामीले ज्यानै गुमाउनु पर्ने अवस्था नहाेस् भनेर आवश्यक व्यवस्था मिलाई बिरामीकाे उपचार गर्न निमित्त मेसु डा. तिवारीले सबै अस्पताललाई अनुराेध समेत गरे ।

उनीहरूकाे शवलाई भरतपुर अस्पतालकाे शवगृहमा छुट्टै राखिएको प्रहरीले जनाएकाे छ । अब शव व्यवस्थापनकाे तयारी हुँदै छ ।

याेसँगै अहिलेसम्म चितवनमा १६ जना संक्रमितकाे ज्यान गएकाे छ । त्याे मध्ये जिल्ला भित्रका काेराेना संक्रमितकाे मृत्यु हुनेकाे संख्या ९ पुग्याे । त्यस्तैगरि यहाँ उपचारकाे क्रममा विभिन्न अस्पतालमा गरी जिल्ला बाहिरका सात जनाकाे मृत्‍यु भईसकेकाे छ ।

Last modified on 2020-09-01 08:33:41

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts