प्रदेश १ का सामाजिक विकास मन्त्री घिमिरेमा कोरोना संक्रमण पुष्टि



Download our app to get more features

विराटनगर, १६ भदौ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

प्रदेश प्रयोगशाला विराटनगरमा सोमवार साँझ गरिएको परीक्षणमा उनमा संक्रमण पुष्टि भएको हो । 

भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उनलाई झाडापखाला, ज्वरो लगायतका समस्या देखिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।

यसअघि प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव कोरोना संक्रमित भएका थिए । हाल उनी स्वस्थ भएर नियमित काममा फर्किसकेका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts