काठमाण्डौ उपत्यकामा थपिए कोरोनाका २९८ सङ्क्रमित



Download our app to get more features

काठमाण्डौ, १५ भदौ । काठमाण्डौ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई सय ९८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार काठमाण्डौका एक सय ९०, ललितपुरका ६७ र भक्तपुरका ४१ जनामा सङ्क्रमण देखिएको हो । 
योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय २४ पुगेको छ। काठमाडौंमा ४ हजार छ सय २२, ललितपुरका ६ सय ५९ र भक्तपुरमा ५ सय ४३ संक्रमित पुगेका छन्।

केही दिनयता काठमाण्डौ उपत्यकासहित देशैभर कोरोनाको जोखिम बढिरहेको छ । यही अवस्थालाई ध्यानमा राखी विभिन्न जिल्लामा निषेधाज्ञा र लकडाउन घोषणा गरिएको छ । 
 

Last modified on 2020-08-31 20:22:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts