वरिष्ठ स्त्री रोग विशेषज्ञ डा भोला रिजाल दम्पतीलाई कोरोना संक्रमण



Download our app to get more features

काठमाण्डौ, १५ भदौ । वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. भोला रिजालको दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । 
कोरोना पुष्टि भएसँगै रिजाल दम्पती ह्याम्स अस्पतालमा भर्ना भएका छन्। 

शनिबार कोरोना पुष्टि भएपछि आइतबारदेखि ह्याम्स अस्पतालमा भर्ना भएको डा रिजालले बताए । 
सुरुको दिनमा हल्का ज्वरो आएपनि हाल कुनै लक्षण नदेखिएको डा रिजालले बताएकाछन्। 

 ‘म र मेरो श्रीमती दुवैलाई शनिबार कोरोना पुष्टि भएको हो । हामी आइतबारदेखि अस्पतालमा भर्ना भएका छौं ।’उनले भने । फ्रन्टलाइनमा बसेर काम गरेका व्यक्तिहरुको मनोबल उच्च राख्नुपर्ने बताए । 
 

Last modified on 2020-08-31 20:01:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts