चिकित्सक नाम दर्ता परीक्षा भदौ २० मा हुने



Download our app to get more features

काठमाडौं, १५ भदौ । चिकित्सकको नाम दर्ता (लाइसेन्स) परीक्षा भदौ २० गते हुने भएको छ । 

नेपाल मेडिकल काउन्सिलले लिँदै आएको लाइसेन्स परीक्षा सञ्चालनका लागि सबै तयारी पूरा भइसकेको भन्दै २० गते शनिवार परीक्षा सञ्चालन गर्न लागेको जनाएको हो । 

काउन्सिलका रजिस्ट्रा डा कृष्ण प्रसा अधिकारीले भदौ १४ गतेको मन्त्रिपरिषद् बैठकले परीक्षा सञ्चालनका लागि अनुमति दिएसँगै काउन्सिलले परीक्षा हुने मिति तोकेको बताए । 

परीक्षा सञ्चालनका लागि काउन्सिलले निश्चित मापदण्ड पूरा गरेर परीक्षा सञ्चाल गर्न लागेको पनि उनले बताए । 

यसअघि काउन्सिलले लिँदै आएको लाइसेन्स परीक्षा लकडाउनका कारण प्रभावित हुँदा पटक पटक तय हुँदा पनि हुन सकेको थिएन ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts