चितवनमा दुई घण्टाको अवधिमा ३ जनाको शंकास्पद मृत्यु, कोरोना परीक्षणको नतिजा आउन बाँकी



Download our app to get more features

चितवन, १५ भदाै । चितवनमा दुई घण्टाकाे बिचमा ३ जना बिरामीकाे शंकास्पद मृत्यु भएकाे छ । काेराेना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका उनीहरूकाे शंकास्पद मृत्यु भएकाे हाे ।

भरतपुर अस्पतालकाे आकस्मिक कक्षमा उपचारकाे क्रममा ३ जना बिरामीकाे आज(साेमबार) दिउँसो मृत्यु भएकाे अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. जगन्नाथ तिवारीले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । उनीहरूकाे आज(साेमबार) दिउँसो १ बजेर ३० मिनेट देखि ३ बजेर ३० मिनेट बिचकाे समयमा त्यी तीन जनाकाे मृत्यु भएकाे उनले बताए । उनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका ११ की १८ वर्षीया युवती, भरतपुर महानगरपालिका ११ का ६५ वर्षीय पुरूष र पूर्वी चितवनकाे खैरहनी नगरपालिका १३ की ५५ वर्षीया महिला छिन् ।

उनीहरूकाे ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएकाे उनले जनाए । काेराेना भाइरसकाे संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएकाले उनीहरूकाे स्वाब परीक्षणका लागि भरतपुर काेभिड-१९ परीक्षण प्रयाेगशाला पठाइएको उनले बताए । एक जनाकाे मृत्यु नहँदै र दुई जनाकाे मृत्यु भईसकेपछि नमुना संकलन गरिएकाे थियाे । उनीहरूकाे काेराेनाकाे रिपोर्ट भने आउन बाँकी छ ।

उनका अनुसार आइसीयूमा राखेर उपचार गर्नुपर्ने ती बिरामीलाई अन्य अस्पतालमा भर्ना नलिगेपछि त्यहाँ आएका थिए । एक जनाकाे अस्पताल ल्याएकाे केही बेरमै मृत्यु भएकाे थियाे भने अन्य दुई जनाकाे उपचारकै क्रममा केही घण्टामै मृत्यु भएकाे हाे । उपचार नपाएर बिरामीले ज्यानै गुमाउनु पर्ने अवस्था नहाेस् भनेर आवश्यक व्यवस्था मिलाई बिरामीकाे उपचार गर्न निमित्त मेसु डा. तिवारीले सबै अस्पताललाई अनुराेध समेत गरे ।

उनीहरूकाे शवलाई भरतपुर अस्पतालकाे शवगृहमा छुट्टै राखिएको प्रहरीले जनाएकाे छ ।

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts